तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ ।

अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ ।

उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ ।

ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएका छन् ।

‘यहाँ जताततै लडाइँ भइरहेको छ,’ त्यहाँको अस्पतालमा रहेका एकजना चिकित्सकले भने ।

विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ ।

बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू–भागहरू कब्जा गरिरहेको छ ।

हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो।

अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ ।

यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ ।

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको छ ।

त्यहाँको विमानस्थलमा आइतवार रकेट हमला भएको थियो ।

सुरक्षा

कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ ।

त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ।

लश्कर गाहको अवस्था कस्तो छ?

लश्कर गाहका एकजना चिकित्सकले कैयौँ दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन् ।

चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसूद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको सङ्ख्या पनि बढिरहेको छ ।

उनले अन्य कैयौँ घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताए ।

उनका भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ ।

_119690321_tv069004381


अमेरिका के भन्छ?

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तालिबानले गरेका अत्याचारका गम्भीर खाले घटनाहरू देखापरेको बताएका छन् ।

’म यो पीडासँग बाँच्न सक्दिन। म पनि मरेको भए हुन्थ्यो ।’

उनले खतरामा परेका अफगानहरूका लागि नयाँ शरणार्थी कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण कूटनीतिक, व्यवस्थापकीय र प्रशासकीय चुनौतीहरू हुने बताएका छन् ।

तालिबानले अमेरिकालाई सहयोग गर्ने कैयौँ अफगानप्रति प्रतिशोध साँध्न सक्ने ठानिएको छ ।

नयाँ शरणार्थी कार्यक्रमले पहिले योग्य नहुने ठानिएका कैयौँ अफगानहरूलाई अमेरिकामा बसोबास गर्ने अवसर प्रदान गर्नेछ ।

तर अमेरिकामा बसोबास गर्न चाहने त्यस्ता व्यक्तिहरूले आवेदन दिनुपूर्व अफगानिस्तान छाडिसक्नुपर्नेछ र प्रक्रिया पूरा गर्न एक वर्षदेखि चौध महिनासम्म लाग्नेछ ।बीबीसी