झापा/ झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका ६ बजे गौरीगंज गाऊपालिका ६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको छ ।

त्यसै गरी  हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको WB74R 6504 नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

226252907_4080968352000889_7776147283890077960_n