स्याल मार्न चलाएकाे भरूवा बन्दुककाे छर्राले लागेर एक जनाकाे मृत्यु भएकाे छ । पाल्पा जिल्लाकाे रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

शुक्रबार साझ बारीमा आएकाे स्याल धपाउन पड्काएकाे बन्दुककाे छर्रा टाउकाेमा लागेपछि  धनबाहुरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । कार्यालयका अनुसार बुबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे छ ।