उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका वडा(६ कि कृषला चौधरीको हत्यामा संलग्नको  आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको सुरुङगा नगरपालिका(१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुवासचन्द्र बोहराका अनुसार साउन १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा शव फेला परेको थियो ।

कृषलाका बुवा प्रेमकुमार चौधरीले साउन २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए ।

कृषलाको पोस्टमार्टम रिपोर्ट नआएकाले हत्याको कारण नखुलेको प्रहरीले बताएको छ ।