जवरजस्ती करणी मुद्दामा ३ वर्षपछि पक्राउ परेका छन् ।  सुनसरी जिल्ला अदालतले २०७५ साल साउन ३० गते ११ वर्ष कैद सजाय सुनाएका दुहवी १ का कलिम मिया पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका मियालाई जिल्ला अदालत सुनसरीमा पेश गरेकोमा सजाय भुक्तानका लागी झुम्का कारागार पठाइएको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै गरी , कर्तव्य ज्यन मुद्दाका फरार प्रतिवादी दुहबी ४ का गुलाब भनिने गुलाम मियालाई पनि पक्राउ गरेको कार्यालयले जनाएको छ । मियालाई दुहवी ५ का दुखीनी थारूको हत्या गरेकबो अभियोगमा  जिल्ला अदालत सुनसरीले २०६० साल साउन २० गते २० वर्ष कैद  सजाय सुनाएको थियो ।

घटनापछि फरार भएका  मियालाई १८ वर्ष पछि पक्राउ गरेको कार्यालयले जनानएको छ । कार्यालयका अनुसार पक्राउ गरेका उनलाई अदालत पेस गरेकोमा मैद भुक्तानका लागी झुम्का कारागार पठाएको छ ।