मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ वर्षीय विष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होलीस्थित पैनीमा विद्युतीय करेन्ट लगाई माछा मार्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको छ ।