विजयपुर । धरान–२ स्थित भानुचोकको उत्तरपटि निर्माण भएको भानुपार्क र आरसिसि सडकको उद्घाटन गरिएको छ ।

बुधबार आरसिसि सडक र भानुपार्कको एक कार्यक्रमका  विच उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं.–२ का अध्यक्ष माधवगोविन्द श्रेष्ठ र बिशेष अतिथि धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । वडाअध्यक्ष श्रेष्ठले आफुहरु निवार्चित भएर आएपछि सडक निर्माण, पार्क निर्माणमा केन्द्रीत भएर धरानको मुख्य बजार क्षेत्रको सौन्र्दयीकरण गर्न लागेको बताए । 

उनले भानुचोक क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन लागिपर्ने पनि बताए । भानुपार्क तथा घण्टाघर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश राईले कुल २० लाख ७९ हजार ५०५ रुपैया लागत निर्माण गरिएको बताए । उनले १० लाख ८१ हजार ५०५ रुपैया उपभोक्ताहरुले लगानी गरेको बताए । अधिकृत खतिवडाले स्थानीयबासीले चाहेमा समाजलाई साथै ठाउँलाई परिवर्तन गर्न सक्ने बताए ।