पथरी। यस अघि कोभिसिल्ड र भेरोसेल पहिलो मात्रा लगाएको सम्पूर्ण जेष्ठ नागरिक तथा अन्य व्यक्तिहरुलाई एस्ट्राजेनेका र भेरोसेलको दोस्रो मात्रा खोप लगाइने भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाको ७ वटै वडाबाट पहिलो मात्र लगाएका सम्पूर्णलाई खोपकार्डको आधारमा एस्ट्राजेनेका र भेरोसेलको दोस्रो मात्रा खोप आज शुक्रबारबाट लगाइने भएको हो । पहिलो खोप लगाएको व्यक्तिले खोप कार्ड नभएमा दोस्रो मात्राको खोप लगाउन पाउने छैन ।
एस्ट्राजेनेका दोस्रो खोप लगाउने बारेमा बिहीबार गाउँपालिकाले सूचना प्रकाशन गरेको छ । शुक्रबार एस्ट्राजेनेका खोपको लागि विहान १०ः ३० बजेदेखि वडा नंं १,२, ३ र ४ नम्बर वडामा खोप लगाइने छ ।
त्यसैगरी शनिबार १०ः३० बजेदेखि वडा नं. ५,६ र ७ नम्बर वडामा खोप लगाइने भएको छ । वडा नं. ४ मा कानेपोखरी अस्पताल बयरवन, वडा नं. ५ र १ मा स्वास्थ्य चौकीमा र अन्य वडा कार्यालयबाट खोपलाइने भएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।
त्यसैगरी भेरोसेल दोस्रो खोपको लागि बुधबार वडा नं. १, २, ३ र र ४ नम्बर वडामा १०ः३० बजेदेखी लगाइने भएको छ । त्यसैगरी बिहीबार वडा नं. ५, ६ र ७ नम्बर वडामा खोप सञ्चालन गर्ने स्वास्थ्य संयोजक राजभण्डारीले बताए ।