यासोक । पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक—कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा ताप्लेजुङ फुड्वल क्लव प्रवेश गरेको छ । 

मङ्गलबार पृथ्वी मा.विको खेलमैदानमा भएको प्रतिस्प्रधामा k.f.c झापालाई ०—३ गोल अन्तरले पाखा लगाउर्दै ताप्लेजुङले सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

खेलको सुरुवाती समयदेखिनै ताप्लेजुङ भएको थियो । महत्वपूर्ण केही अवसरलाई खेर फाल्दा k.f.c झापा क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भयो । खेलको म्यान अफ् दि म्याच खेबाङ फुड्वल क्लब ताप्लेजुङका सोनाम राई घोषित भए । उनले नगद पॉच हजार हात पारे ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ ।

हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयॉ र बिधागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंया प्रदान गर्ने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जनाए । चैत ३० गते बुधवार संगम k.f.c सुनसरी र पपाअ झापा भिड्ने छन ।

kehl