९औ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निशुल्क प्रयोग गर्न दिने भएका छन ।

राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडिहरुको फिटनेसका लागि आप्mनो फिटनेस सेन्टर निशुल्क रुपमा प्रयोग गर्न सहयोग गरेका हुन । यहि भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडिहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन । उनिहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगि हुने भएकोले सुनसरी बास्केटवल संघका पुर्व कोषाध्यक्ष समेत रहेकि झुना राईले आफ्नो फिटनेस उपलव्ध गराएका हुन । झुनाज फिट्नेसमा जिम हल, जुम्बा, एरोबिक, स्विमिङ, स्पा, मसाज, सौना बाथ, पेडिकेयर, ब्युटि पार्लर लगायतको सुबिधा रहेको छ ।

        सुनसरी महिला बास्केटवल टिममा डा। आशा राई, तनु राई, सितल तामाङ्ग, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्वु, संझना राई, सेरिना लिम्वु, आशा लामा, एल्भिना गुरुङ्ग, नुमा लिम्वु र तनिशा श्रेष्ठ रहेका छन । त्यस्तै गरि पुरुष तर्फ विवेकमनि श्रेष्ठ, दिवस राई, सुसन श्रेष्ठ, विकेन चौधरी, रवि बास्फोर, सन्दिप श्रेष्ठ, समिर राई, नविन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन ।

    प्रशिक्षणमा रहेका सुनसरीका खेलाडिहरुले असोज पहिलो हप्ता प्रदेश १ खेलाडि छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ । छनौट प्रतियोगिताबाट प्रदेश १ महिला र पुरुष बास्केटवल खेलाडि छनौट गरिनेछ । छनौट भएका खेलाडिहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गते देखि सुरु हुने ९ औ राष्ट्रिय प्रतियोतिामा प्रतिश्पर्धा जनाउने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुबेदिले वताएका छन ।