भोजपुर । भोजपुरमा नेकपा एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारको टुङ्गो लगाएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेशसभा रहेको भोजपुरमा एमालेले उमेदवारको टुङगो लगाएको हो ।
एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ ३८ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री एवम एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृपाशुर शेर्पाको नाम सिफारिस गरेको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । यता समानुपातिक तर्फ पासाङ दोर्ची शेर्पा र शशी रोक्काको नाम सिफारिस गरिएको छ ।
अध्यक्ष राईका अनुसार प्रदेशसभा (क) को प्रत्यक्ष तर्फ हरि बहादुर राई, देवीराम चौलागाई, प्रकाश पौडेल, प्रशुराम अधिकारी, योगेन्द्र खत्री र रोशन बस्तेतको नाम सिफारिस भएको छ । समानुपातिकमा इन्दिरा घले, खगेन्द्र राई, ठाकुरसिं राई, दिपेन्द्र प्रसाद घिमिरे, विनिता तामाङ, विष्णु बहादुर राउत, भोज बहादुर भुजेल, राजकुमार दंगाल (समुल) लक्ष्मी कला राई (जिसी) सुबास मगर र शेरबहादुर श्रेष्ठ गरि १२ जनाको नाम परेको छ ।
यस्तै प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ खड्ग बहादुर कार्की (प्रेम) तीर्थकुमार राई, ध्यान बहादुर राउत, प्रशुराम अधिकारी, पारुहाङ राई, राजन कुमार श्रेष्ठ र सृजना राईसहित सात जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा (ख) को समानुपातिक तर्फ कुमार फुयाल, चित्रलाल विक, दुर्गा रणपंहेली, पिवन्त न्यौपाने, बन्दना राई, मुक्ती राई, लाल बहादुर विक, राजकुमार कार्की र सजना दर्जी सहित नौ जना सिफारिस गरिएको एमाले भोजपुरले जनाएको छ ।