पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका—२ स्थीत माङजाबुङमा सम्पन्न भएको व्याडमिन्टनको उपाधि एनिश लावती र मुकेश तामाङले हात पारेका छन । सतासी मेलाको अवसरमा सम्पन्न भएको खुल्ला डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि एनिश र मुकेश तामाङले हात पारेका हुन ।
तामाङ र लाओतीको टीमले १५ हजार ५ सय ५५ रुपैयाँ मेडल, ट्रफी र प्रमाण पत्र हात परेका थिए । त्यस्तै उपबिजेतामा चिक्त बुझाएका बिवस लावती र अमित फेवादिनको टिमले नगद ८ हजार ८ सय ८८ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र हात पारेको ब्याडमिन्टन खेल संयोजक अनिल लावतीले बताए ।
प्रतियोगितामा जिल्लाका ८ टीम खेलाडी सहभागीता थिए । बिजेता र उपबिजेता टीमलाई कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिता सृजनशिल युवा समुहले आयोजना गरेको थियो ।