धरान । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र बङ्गलादेशको टोलीले बराबरी खेलेका छन् ।
बङ्गलादेशको ढाकास्थित मोहम्मद मुस्तफा कमल रङ्गशालामा बिहीबार सम्पन्न खेलमा नेपाली र घरेलु टोलीले १–१ को बराबरी खेलेका हुन् । खेलमा नेपालको तर्फबाट सावित्रा भण्डारी र बङ्गलादेशको तर्फबाट सबिना खातुनले गोल गरेका थिए । खेलमा बङ्गलादेशको तर्फबाट खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । चार मिनेट बाँकी छँदा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याइन् ।
पछिल्लो पटक नेपाल र बङ्गलादेशको राष्ट्रिय टोलीबीच साफ च्याम्पियनसिपको फाइनलमा भेट भएको थियो । गत वर्ष भदौमा सम्पन्न भएको साफ च्याम्पियनसिपमा नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालको महिला टोलीले हालसम्म साफ गेम जित्न सकेको छैन । घरेलु मैदानमै नेपाललाई बङ्गलादेशले ३–१ गोलले हराएर साफ च्याम्पियनसिप भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुने जनाइएको छ ।