दमक / झापाको कमल गाउँपालिका वडा नम्बर –३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका वडा –३ बोहोरा टोलमा भएको दुर्घटनामा परि सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ – प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २– प ५९२३ नम्बरको मोटरसाइकल एक – आपसमा ठोक्किदा मे २– प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताएका छन । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।