इलाका प्रहरी कार्यालय यासोक, पाँचथरले हराएको फोन फेला पारी मोबाइल फोन धनीलाई जिम्मा लगाएको छ । 

कुम्मायक गाउँपालिका वडा नं.–१ की मनकुमारी लावतीले फोन हराएपछि प्रहरीमा निवेदन दिएको २९ दिनपछि प्रहरी नायव निरीक्षक टंक न्यौपानेले लावतीलाई फोन जिम्मा लाए । 

गत साउन २६ गते कुम्मायक–१ यासोक बजार निवासी मनकुमारी लावतीले घरबाटै आफ्नो सामसङ फोन हराएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । हराएको फोन फेला पार्न इलाका प्रहरी कार्यालय यासोकले तुम्बेवा गाउँपालिकाको इलाका प्रहरी कार्यालय मौवासँग समन्वय गरेको थियो । 

हराएको फोन फेला पार्न कार्यालयका प्रहरी प्रमुख न्यौपानेको टोली खटिएको थियो । फोन हराएको एक महिनापछि प्रहरीले भदौ २२ गते फेला पारी लावतीलाई जिम्मा लगाएको कार्यालयका प्रहरी प्रमुख न्यौपानेले बताए ।