श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल भदौ २५ गते सोमबार, ११ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको द्वादशी तिथि भोलि ००ः०८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुष्य २०ः१४ बजेसम्म,  उप्रान्त अश्लेषा, चन्द्रमा राशि  कर्कट, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम गर्न बिहानको समय अनुकूल रहनेछ। आज भौतिक साधन जुटाउन सकिएला ।
वृष बा, बि, बु, बे, बो)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायबाट फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। दिउँसोदेखि आफ्नै समस्याले काम रोकिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा केही दौडधुप गर्नुपर्नेछ।अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामकाजमा केही समस्या आइपर्नेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषिकर्म र व्यावसायिक कामबाट लाभ मिल्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम सुरु गर्ने समय छ।आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोखले अनावश्यक किनमेलमा खर्च बढाउनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छर–छिमेकमा केही असमझदारी देखिएला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ काममा सहयोगीले उत्साह जगाउनेछन्।