विराटनगर । झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

होटल तथा पर्यटन व्यवसायीसेमत रहेका श्रेष्ठ यसअघि झी पुचः का वरिष्ठ उपाध्यक्ष रहेका थिए । झी पुचः का वरिष्ठ उपाध्यक्षमा शरद श्रेष्ठ, उपाध्यक्ष सुरेशलाल श्रेष्ठ, महासचिव सुभाष अमात्य, कोषाध्यक्ष सञ्जय श्रेष्ठ, सचिव सुरज श्रेष्ठ, सह–कोषाध्यक्ष सञ्जु शाक्य रहेकी छन् ।

सदस्यहरूमा उदय डङ्गोल, मीरा राजभण्डारी, जीना श्रेष्ठ, सञ्जीव श्रेष्ठ, सुनिता बज्राचार्य र संयम श्रेष्ठ रहेका छन् । झी पुचः ले नेवार समुदायको भाषा, संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आएको छ ।