श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २६ गते मङ्गलबार, १२ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको त्रयोदशी तिथि भोलि ०२ः३७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्लेषा २३ः१४ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर र व्यवधानको उतार–चढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। दिन सामान्य बित्ला।
वृष बा, बि, बु, बे, बो)
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यको चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ । प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अल्छी गर्ने प्रवृत्तिले पनि व्यवहारमा समस्या निम्त्याउनेछ । यात्रा र किनमेलमा अधिक खर्च हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अरूकै काममा समय बित्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तत्काल नयाँ काममा हात हाल्न नसकिएला । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। स्वास्थ्य कमजोर रहने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनसक्छ । समस्या दोहोरिने योग परेको छ।