हङकङमा गुरुङ चलचित्र ल्हाे विशेष प्रदर्शन गरिएकाे छ । 

हङकङकाे याउ मा तेई हलमा आईतबार चलचित्र ल्हाे प्रदर्शन गरिएकाे हाे । गुरुङ फिल्म एसाेसिएसनकी अध्यक्ष माया गुरुङकाे प्रमुख आतिथ्यता र मेखदेव गुरुङकाे अध्यक्षतामा भएकाे चलचित्र प्रदर्शनमा तमु ट्हाे ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, तमु समाज हङकङका अध्यक्ष नरेन्द्रराज गुरुङ लगायतका अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।

IMG_20240826_195233

खुस बहादुर गुरुङकाे लेखन तथा निर्देशन र शुभेच्छा फिल्म्स प्राेडक्सन प्रालिकाे प्रस्तुतिमा लेख देव गुरुङ द्वारा निर्मित ल्हाे नेपालका विभिन्न स्थानमा प्रदर्शनपछि हङकङमा प्रदर्शन गरिएकाे हाे ।

पर्वत गुरुङ, विपना गुरुङ लगायतकाे अभिनय रहेकाे फिल्म नेपाल बाहिर पहिलाेपटक  हङकङमा प्रदर्शन गरिएकाे आयाेजकले जनाएकाे छ ।