धरान : हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको गरिमा तीज उत्सव कार्यक्रममा गरिमा मिसेज तीजको उपाधी एलिना श्रेष्ठले जितेकी छन् ।

मंगलबार धरान-१ स्थित धुलिखेल समाजको भवनमा आयोजित कार्यक्रममा मेन्दो मोक्तान फष्ट रनरअप र सोनि बिष्ट सेकेन्ड रनरअप बने । विजेता र उपविजेताहरुले उपाधीसहित क्राउन, ट्रफी, स्यास र गरिमा डान्स सेन्टर धरानमा ३ महिना निःशुल्क नृत्य प्रशिक्षण लिने अवसर प्राप्त गरेका छन् ।

कार्यक्रमको विजेता र उपविजेताहरुलाई निणर्ायकद्वय नृत्य निर्देशक सरस्वती योगी र रीमा थापा मगरले क्राउन, स्यास पहिराए, प्रमुख अतिथि कवियत्री तथा पुर्व सांसद कुन्ता शर्माले ट्रफी र गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक, नृत्य निर्देशक मणिकुमार लिम्बुले निशुल्क नृत्य प्रशिक्षणको पुरस्कार प्रदान गरे । 

garima (1)

कार्यक्रममा अन्य टाईटल तर्फ मोष्ट पङ्चुअल रेणुका राई, मोष्ट चार्मिङ माया मगर, बेष्ट मेकअप मीना पाख्रिन, बेष्ट हेयर सोनि बिष्ट, मोष्ट एक्टिभ विष्णुमाया गुरुङ, बेष्ट डान्स राधा बुढाथोकी, बेष्ट ड्रेसअप नुमा नेयोङ लिम्बू, बेष्ट फिगर अनु राई, मोष्ट व्युटिफूल जानुका मगर, मोष्ट ईनरजेटिक विष्णुकला राई घोषित भए ।

कार्यक्रमका अतिथीहरु धरान नृत्य कला प्रतिष्ठानकी अध्यक्ष नन्दा राई, नृत्य निर्देशक तथा चलचित्रकर्मी सानुराजा थेगिम, एशियन थाई फुड प्रा.लि.का धरान सेल्स मेनेजर अमित गुरुङले विभिन्न टाईटल विजेताहरुलाई ट्रफी प्रदान गरेका थिए ।