दक्षिण एसियाली खेलकुदमा स्वणर् पदक विजेता खेलाडी राजकुमार राईको नयाँ चलचित्र ‘सोल आफ द कमाण्डो’ हङकङमा प्रदर्शन गरिएको छ ।

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ हङकङ र ब्रिटिस गोर्खा क्लबले शनिबार आयोजना गरेको प्रदर्शनमा चलचित्रका अभिनेता राजकुमार राई, कलाकार संगीता लावती, मदन राई लगायत सहभागी थिए । चलचित्र स्थानीय दर्शकले मन पराएको आयोजक ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष केबी राईले जानकारी दिए ।

यसअघि राजकुमार राईको अर्को चलचित्र ‘द कमाण्डो’ले दर्शकको मन जीतेको थियो ।

the

सो चलचित्र आएको २४ वर्ष पछि ‘सोल आफ द कमाण्डो’ निर्माण गरिएको हो ।

युवराज राईको निर्देशन रहेको चलचित्रमा मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूणर् लिम्बु, कमला खापुङ, शुष्मा लिम्बु, एन्जल राई, टिकाराम ठकुरी र सोनिका राईको अभिनय रहेको छ ।

सिलिचुङ फिल्म प्रालिले चलचित्र निर्माण गरेको हो ।