नेपालकी लाेक दाेहाेरी गायिका चिजा तामाङले आफ्नाे सांगीतिक प्रस्तुति मार्फत हङकङमा रहेका नेपालीहरुलाई मनाेरञ्जन गराएकी छन् ।

गाेरखा समाज हङकङले तीज पर्वकाे अवसरमा शनिबार आयाेजना गरेकाे गाेरखाली तीज पर्व कार्यक्रममा गायिका तामाङले विभिन्न गीत गाउँदा हङकङेली स्राेता तथा दर्शकले नाचेर साथ दिए ।IMG_20240915_124414

गाेरखा समाज हङकङका अध्यक्ष मनकाजी श्रेष्ठकाे अध्यक्षता र गैरआवासीय नेपाली संघ हङकङ तथा ग्लाेबल गाेरखाका अध्यक्ष गाेकर्ण ढकालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा समाजका प्रमुख सल्लाहकार दिलबहादुर गुरुङ, सल्लाहकारहरु गंगाप्रसाद राना, चित्रबहादुर थापा, तिलबहादुर गुरुङ, सुचिराम घले, सनबहादुर गुरुङ लगायतकाे सहभागीता थियाे । कार्यक्रममा विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।

IMG_20240915_124433