पूर्वेली लोक संगीतका चर्चित गायकद्वय राजु आङ्देम्बे र इन्द्र सुशील चोङ्बाङलाई हङकङमा स्वागत गरिएको छ ।

सेप्टेम्बर ३० मा हङकङको जोर्डन स्थित याक एन्ड यती रेष्टुरेन्ट एन्ड बारमा हुने ‘लोक भाका साँझ-२०२४’ का लागि सांगीतिक प्रस्तुति दिन हङकङ पुगेका गायकद्वयलाई शनिबार आयोजक समितिका पदाधिकारीले एयरपोर्टमा स्वागत गरेका हुन् ।  एभरेष्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको लोक भाका साँझमा उनीहरुले पूर्वेली लोक गीतहरु प्रस्तुत गरेर स्थानीय स्रोता दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन् ।