धरान । आज (आइतबार) देखि १० दिनसम्म धरान–१५ स्थित एभरेष्ट लाइनमा म्युजिक जात्रा हुने भएको छ ।

‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान–१५ को आयोजनामा जात्रा आयोजना गर्न लागिएको हो । महोत्सवमा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अग्र्यानिक खानाको विशेष व्यवस्थापन हुने आयोजकले जनाएको छ ।

धरान–१५ स्थित बगरकोट एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह–आयोजक त्रिवेणी महिला समूह धरान–१५ रहेको बताइएको छ । जात्रामा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने गरी रोटेपिङ, ड्रयागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउसलगायतका खेलतमासाका सामग्रीहरूको व्यवस्था गरिएको उनले बताए । 

जात्रा अवधिभर कलाकारहरू सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्किम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरू सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाललगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

गीत, सङ्गीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरू भिœयाउँदै धरानको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यस महोत्सवबाट बचेको रकम सामाजिक सेवामा खर्च गरिने पनि अध्यक्ष राईले बताए ।