वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले एसईई परीक्षालाई मर्यादित र परिणाममुखी बनाउन पूर्व तयारीको लागि विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेको छ ।
आइतबार नगरपालिका सभाहलमा भएकोे माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलमा ३५ बढी प्राचार्यहरू सहभागी थिए । छलफलमा नगर प्रमुख रमेश कार्कीले नगरभित्र रहेका विद्यालयका विद्यार्थीहरूको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरी विद्यालयहरूले भूमिका निर्वाह गर्नुगर्ने बताए ।
अभिभावक, शिक्षक र स्वयम् विद्यार्थीको रचनात्मक भूमिका आवश्यक भएको नगर प्रमुख कार्कीले बताए । नगरले परीक्षाको नतिजा परिणाममुखी बनाउन तत्काल विद्यालयहरूले अभिभावकसँग बसेर छलफल गर्न सुझाव दिएको थियो ।
नगरमा रहेका ३४ मा.वि.बाट १ हजार ५ सय ७० जना विद्यार्थीले यो वर्षको एसईईमा सहभागिता जनाउने शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत उत्तमराज भारतीले जानकारी दिए ।