धरान । धरान–१६ स्थित युएन नवोदय कलेजले कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्र्थीहरूलाई शुक्रबार स्वागत गरेको छ । ।
कार्यक्रममा प्रदेशमै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरेको छ । बिएचएम आठौं सेमेष्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने एन्जोला राईलाई नगद २५ हजार, प्रदेश सेकेण्ड इसिका दर्नाललाई नगद १५ हजार, प्रदेश थर्ड अनिष लिम्बू, सलिना लिम्बू, जानुका राईलाई नगद १० हजारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
यस्तै विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्र्थीहरूलाई पनि सम्मान गरिएको छ । शुक्रबार धरान–१५ स्थित चुम्लुङ हिम प्राङ्गणमा धरान जेसीजले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम बनेकी कक्षा–१२ की एन्जिला कार्की, विजयपुर एफएमले आयोजना गरेको भ्वाइस अफ धरानमा विजेता र एफटिएल अनलाइन टिभीले आयोजना गरेको सिङ्गिङ आइडलमा फस्ट रनर अप बनेका कक्षा–११ का अनिष राई, इस्कोन मन्दिरले आयोजना गरेको श्लोक पाठमा विजेता बनेका कक्षा–१२ का सागर दाहाल, एफटिएल अनलाइन टिभीले आयोजना गरेको सिङ्गिङ आइडलमा विजेता बन्ने कक्षा–११ की कुसुम माझी, एफटिएल अनलाइन टिभीले आयोजना गरेको डान्सिङ आइडलकी विजेता कक्षा–१२ की डिना चोङ्वाङ, रेडिकल लाइटले आयोजना गरेको एसईई स्पिकरकी फस्ट रनरअप कक्षा–११ की दिया राईलाई पुरस्कृत गरिएको कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
यस्तै कबड्डीमा प्रदेश विजेता बन्ने कक्षा–११ का रेजिन लोहनी, निबन्धमा दोस्रो बन्ने कक्षा–१२ की शिवानी भुजेल, मिस कोशी प्रतियोगिताको फष्ट रनर अप बनेकी कक्षा–१२ की निसुहाङ्मा लिम्बू र चौथो बन्ने कक्षा–१२ की स्वस्तिका राईलाई समेत सम्मान गरिएको कलेजले जनाएको छ ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट को–अर्डिनेटर गगनमान श्रेष्ठ, नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलका स्कुल प्रोग्राम इन्चार्ज निरकुमार राईलगायततले विद्यार्थीहरूलाई खदा र अविर लगाएर स्वागत गर्दै सम्मान गरे ।