धरान । स्थानीय स्काउट कार्यालय धरानको आयोजनामा ‘गाँठो तथा कवाज तालिम क्याम्प’ सम्पन्न भएको छ ।

पुस १३ गतेबाट सञ्चालित क्याम्पमा १६ वटा स्काउट दलका ८८ जना स्काउटहरू सहभागी रहेको स्थानीय स्काउटका प्रमुख आयुक्त मधुसूदन घिमिरेले जानकारी दिए । उनका अनुसार तालिममा करिब १२ किमिसका गाँठो तथा ल्यासिङहरू साथै कवाज प्रशिक्षण दिइएको थियो । कवाज प्रशिक्षण भने नेपाल प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूले दिएका थिए ।

समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सदस्य विजयकुमार राई, विशेष अतिथि कोशी प्रदेश योजना आयोगका सदस्य किशोर थुलुङ, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, कोशी प्रदेश सहायक कुशेश्वर राय, सुनाखरी एकेडेमीका प्राचार्य मिलनकुमार राई, डिपी बिलिभर्स स्कुलका प्राचार्य सन्जीप बान्तवा राईलगायतको उपस्थिति थियो ।

धरान–१३ स्थित कार्यालयमा सम्पन्न कार्यक्रममा क्याम्प प्रमुखका रूपमा कोशी प्रदेश शैक्षिक आयुक्त सुशील राई रहेका थिए ।