इनरुवा । सुनसरीका ४८ हजार बढी बालिकाहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरूमा एचपिभी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गतेसम्म एचपिभी खोप कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको छ । खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
इनरुवामा सरोकारवालाहरूको उपस्थितिका बीच अभियानबारे जानकारी गराएको स्वास्थ्य कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्ने गरी स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाएको छ । विद्यालयको पहुँचभन्दा बाहिर रहेका उमेर समूहभित्र पर्ने बालिकाहरूको हकमा भने अभियानको अन्तिम दिन फागुन २ गते शिविर खडा गरी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचभिपी खोप महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको भएकाले सबै १० देखि १४ वर्ष उमेरभित्रका बालिकाहरूको लागि अनिवार्य रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईंले बताए । प्रसाईंले निर्धक्कसाथ खोप लगाउन आग्रहसमेत गरे ।
खोप अभियानलाई
सुनसरीमा शतप्रतिशत पु¥याउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ ।
कार्यालयले अभियानमा साथ र सहयोगका लागि सबै सरोकारवाला समक्ष आग्रहसमेत
गरेको छ । खोप अभियानबारे जानकारी दिन इनरुवामा आयोजित कार्यक्रममा
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका
प्रमुखलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।