श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ १८ गते शुक्रबार, ३१ जनवरी २०२५,कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको द्वितीया तिथि १४ः१५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र शतभिषा भोलि ०४ः२७ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त १७ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा ठूलै व्यक्तिको सहयोग प्राप्त होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लोकप्रिय कामले ख्याति बढाउन सक्छ।धार्मिक परोपकारमा मन जानेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ। स्वास्थ्यका कारण चिताएको काम रोकिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सफलता न्यून मात्र हातलागी हुनेछ।अरूका काममा धेरै समय खर्चनुपर्ला। अलमल हुनाले मन खिन्न रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिग्रने भयले सताउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ।