धरान / किरात नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिता हुने भएको छ ।
किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघ, धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिवसीय बास्केटवल प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताका विजेताले पुरुष तर्फ नगद तीस हजार, उपविजेताले नगद रु १५ हजार पाउने छन् । यसै गरि महिला तर्फका विजेताले नगद २० हजार, र उपविजेताले नगद १० हजार पाउने छन् ।
प्रतियोगितामा धरानसँगै धरान आसपासका क्षेत्र तथा जिल्लाका तरहरा, इटहरी, झापा, मोरङ, धनकुटा लगायतवाट करिव ४० टिमले सहभागिता जनाउने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए । गत बर्षदेखि सुरु गरिएको प्रतियोगितामा गत वर्ष पुरुष तर्फ व्रदस क्लव र महिला तर्फ धरान मेघा हिमालयन कलेजले उपाधि जितेको थियो ।