श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ २७ गते आइतबार, ९ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्ल पक्षको द्वादशी तिथि १९ः४५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र  आद्र्रा १८ः१० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेय ०६ः४५ बजे र सूर्यास्त १७ः५०बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनको सहयोगले केही काम बन्नेछन्।काममा केही विलम्ब भए पनि सुखद् समाचारले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोस,जाँगर बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोग र उपहार हातलागी हुनेछ । असमझदारीले केही समस्या निम्त्याए पनि परिवारको साथले आशा जगाउनेछ।