श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ ३० गते बुधबार, १२ फेब्रुअरी  २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको पूर्णिमा तिथि  १९ः३८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र  अश्लेषा १९ः४९ बजेसम्म,   उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः४३ बजे र सूर्यास्त १७ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदा हेर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई धन भिœयाउने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णय लिन नसक्दा काममा पछि परिनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम थालनी गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा पनि मिहिनेतको फल प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ। सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछ। मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। वैदेशिक यात्राको योग छ ।