श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल फागुन २ गते शुक्रबार, १४ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुन कृष्णपक्षको द्वितीया तिथि  २२ः०९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वफाल्गुनी २३ः२३ बजेसम्म,  उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४१ बजे र सूर्यास्त १७ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट धनलाभ हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ । सम्झौता गर्नुपरे पनि लक्ष्य पहिल्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरेलु प्रयोजनका लागि विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा हुने योग देखिएको छैन।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।