श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल फागुन ४ गते आइतबार, १६ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको चतुर्थी तिथि भोलि ०२ः३५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र हस्ता भोलि ०४ः४७ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः४० बजे र सूर्यास्त १७ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आलोचकहरू बढ्नेछन् भने विवादले समस्या निम्त्याउन सक्छ। तापनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर लाभ उठाउन निकै होसियार रहनुपर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतीहरूलाई उपलब्धि प्राप्त हुनेछ।अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापार, कृषिकर्म तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपु¥याउँदा समस्या पर्ला। काममा प्रतिस्पर्धा बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।