धनकुटा । धनकुटाको विश्रान्ति मन्दिरमा यही फागुन १५ सम्म आयोजना हुने शिव महापुराणको उद्घाटन बालसन्त मोहनशरण देवाचार्यले गरेका छन् । 

आइतबार धनकुटा बजारमा कलश यात्रा निकालिँदै विश्रान्ति मन्दिरमा आयोजना भएको शिवमहापुराणको उद्घाटन गरिएको हो । कलश यात्रा धनकुटा नगरपालिका–७ नर्वदेश्वर शिवालयबाट सुरु भई विश्रान्ति मन्दिर पुगेर टुङ्गिएको छ । कलश यात्रा शिवमहापुराण आयोजक मूल समरोह समिति विश्रान्ति मन्दिरका अनुसार बालसन्त मोहनशरण देवचार्यबाट उद्घाटन गरिएको हो । उद्घाटन वैदिक विधिद्वारा गरिएको छ । 

पण्डित दीपक पराजुलीले कथावाचन गर्ने कार्यक्रम रहेको छ । विश्रान्ति मन्दिरमा गुरुकुलीय परम्परामा आधारित संस्कृत शिक्षामा पठन–पाठन हुँदै आएको छ । यस्तै वृद्धवृद्धाहरूको लालनपालन पनि हुँदै आएको छ । उक्त कार्यका लागि शिव महापुराण सञ्चालन गरिएको विश्रान्ति मन्दिर व्यवस्थान समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।