श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन ६ गते मङ्गलबार, १८ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको षष्ठी तिथि भोलि ०७ः५२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र स्वाती भोलि ०७ः५२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः३८ बजे र सूर्यास्त १७ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामका अवसर प्राप्त हुनेछन् । पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। श्रम गरेअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अवसरले उत्साह जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।