श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत २५ गते सोमबार, ७ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको दशमी तिथि ०८ः१७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुष्य ०६ः३८ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट,  सूर्योदय ०५ः४७ बजे र सूर्यास्त ०६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा फाइदा हुनेछ । कृषिमा कामको चाप देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। नाम, दाम र इनाम कमाउने बेला छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ ।