श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि. सं. २०८१ साल चैत २८ गते बिहीबार, १० अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको त्रयोदशी तिथि भोली ०१ः२१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वफाल्गुनी १२ः४१ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः २५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भङ्ग हुनसक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च लागे पनि दिगो काम गर्न सकिनेछ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। हतार गर्दा लाभांशमा घाटा लाग्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।