भद्रपुर । पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापा गौरादह नगरपालिका–५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय गोमनाथ चेम्जुङको खेती अधिया गरी बस्दै आएका लावतीलाई बुधबार  बिहान ७ बजे भान्सा कोठामा खाजा खाने क्रममा चट्याङ लागेको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए । 

घटना पश्चात् इलाका प्रहरी कार्यालय दमक र गौरादहको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।