श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत २९ गते शुक्रबार, ११ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको चतुर्दशी तिथि भोलि ०३ः४२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तरफाल्गुनी ०३ः२७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि, कन्या, सूर्याेदय ०५ः४३ बजे र सूर्यास्त ०६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम सम्पादन गर्ने मौका दिलाउनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राको साइत जुर्न सक्छ।रोकिएका कामकाज विस्तारै बन्नेछन्। हतारको निर्णयले भने काम बिग्रन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । मिहिनेत गरे प्रगति हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । कमजोर देखिए पनि दोहो¥याएर प्रयत्न गरे काम बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्यालु मन भएकाहरूले सताउलान्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ । कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।