श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि.सं. २०८१ साल चैत ३१ गते आइतबार, १३ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको पूर्णिमा तिथि ०६ः११ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र चित्रा ०९ः२४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः४१ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय हुने सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिकलाभ हुने काममा फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । पशुपालन तथा कृषिक्षेत्रबाट राम्रो लाभ मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तानको साथले हिम्मत जगाउनेछ । फाइदा हुने काम सम्पादन हुनेछ । कमजोरीलाई सुधार गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्र्यालु मन भएकाहरूले काममा अवरोध पु¥याउनेछन्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नैले पनि काममा साथ नदिन सक्छन्।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्वाकाङ्क्षी योजना पनि विस्तारै फलदायी हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।