श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख ४ गते बिहीबार, १७ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको चतुर्थी तिथि  ०३ः४३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अनुराधा ०६ः११ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः३७ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रताको बन्धन कसिने सम्भावना छ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुने योग देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। दिन उत्साहपूर्ण रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्झौता गर्नुपरे पनि अधिकार जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। व्यापार व्यवसाय वृद्धि हुनेछ ।