श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज २४ गते शुक्रबार, १० अक्टोबर २०२५, सिद्धार्थीनाम संवत्सर । कात्तिक कृष्णपक्षको चतुर्थी तिथि २४ः२४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र कृतिका २४ः३६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। आकर्षक उपहार प्राप्त हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ। समयमा आलश्य गर्ने बानीले पछि परिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगानी बढाउने अवसर प्राप्त हुनेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।