श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २५ गते मङ्गलबार, ११ नोभेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको षष्ठी  तिथि ११ः२२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र  पुष्य ०६ः२९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि  कर्कट, सूर्योदय ०६ः२० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिगो व्यवसायको योजना बनाउने समय छ। अग्रज तथा सहयोगी जुट्नाले काम सजिलै बन्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेतले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गरिएला।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिगो काम अथवा व्यवसायको योजना बनाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आम्दानीका स्रोत कमजोर हुने समय छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्यारएर प्रयत्न गर्नुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।