श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ३ गते मङ्गलबार, १७ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको त्रयोदशी तिथि १०ः१५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा १४ः०७ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः१२ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महŒवाकाङ्क्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।आँटले काम लिन नसक्दा केही पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानातिना काममा अल्झनुपरे पनि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले कीर्तिमानी काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा आंशिक सफलता प्राप्त हुनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जन पनि मनग्य हुनेछ। कामको चाप भने बढ्न सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। केही काम बिग्रनाले अलि दुःख पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ।