विजयपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन २०८३ असार १ गतेबाट सञ्चालन गर्न निर्देशन दिएको छ ।
केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले मंगलबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै निर्देशन दिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८३ जेठ ४ गतेको पत्रअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन असार १ गतेबाट गर्नु पत्रमा भनिएको छ ।
केन्द्रले सोहीअनुसार सूचना प्रवाह तथा आवश्यक समन्वय गर्न स्थानीय तह र विद्यालयलाई समेत अनुरोध गरेको छ ।