विजयपुर । प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।


विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । खतिवडा यसअघि नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार थिए । उपकुलपतिमा नियुक्तिसँगै उनले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार तथा अनुसन्धानमूलक गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।