वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण लगातार दोस्रो रात पनि स्थगित गर्दै कूटनीतिक वार्ताका लागि थप समय दिएका छन्। अमेरिकी प्रशासनले सैन्य विकल्प खुला राखेको जनाए पनि तत्कालका लागि वार्तालाई प्राथमिकता दिएको जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति ट्रम्पले वार्ताले सकारात्मक परिणाम दिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै केही समय दिएको बताएका छन्। उनका अनुसार राष्ट्रपति अझै पनि सबै विकल्प खुला राख्ने पक्षमा छन् र आवश्यक परे थप कदम चाल्न सक्ने अवस्था कायम छ।

उता इरानी सेनाका एक प्रवक्ताले पनि तेहरानले क्षेत्रीय रूपमा सञ्चालन गरिरहेका प्रतिकारात्मक आक्रमण अस्थायी रूपमा रोकेको बताएका छन्। करिब दुई सातादेखि अमेरिका र इरानबीच निरन्तर आक्रमण र प्रत्याक्रमण भइरहेका बेला दुवै पक्षबाट आएको यो संकेतलाई तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ।

अमेरिकी प्रशासनले युद्ध विस्तार भए वायु प्रतिरक्षा प्रणालीका हतियारको मौज्दातमा असर पर्न सक्ने भन्ने समाचारलाई अस्वीकार गरेको छ। राजदूत वाल्ट्जले अमेरिकी सेनासँग अभियान सञ्चालनका लागि आवश्यक सबै सैन्य क्षमता पर्याप्त रहेको बताएका छन्।

यद्यपि राष्ट्रपति ट्रम्पले पछिल्लो घटनाक्रमबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकी युद्धक विमानले इरानी जहाज र खार्ग टापुलाई निशाना बनाएको देखिने कम्प्युटरबाट तयार गरिएका तस्बिरहरू भने सार्वजनिक गरेका छन्।

यसबीच इरान र ओमानका प्राविधिक टोलीबीच होर्मुज जलडमरूमध्यको व्यवस्थापनबारे तेहरानमा दुई चरणको वार्ता भएको इरानको विदेश मन्त्रालयले जनाएको छ। विश्वकै महत्त्वपूर्ण तेल तथा प्राकृतिक ग्यास ढुवानी मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर पछिल्ला दिनमा अमेरिका–इरानबीच पुनः तनाव बढेको छ।

दुवै देशले गत जुनमा सैन्य गतिविधि रोक्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने तथा ६० दिनभित्र युद्ध अन्त्य गर्ने समझदारी गरेका थिए। तर जुलाई १३ मा इरानी सेनाले होर्मुज क्षेत्रमा तेल ट्याङ्करमाथि आक्रमण गरेपछि अमेरिकाले हवाई आक्रमण पुनः सुरु गर्दै इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी कडा बनाएको थियो। त्यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो।

बेलायतका नयाँ रक्षामन्त्री वेस स्ट्रिटिङले होर्मुज जलडमरूमध्यमा समुद्री सुरक्षा कायम गर्ने विषयमा अमेरिकी समकक्षी पिट हेगसेथसँग आगामी साता छलफल गर्ने बताएका छन्। विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग भएकाले यस क्षेत्रको सुरक्षा अन्तर्राष्ट्रिय समुदायका लागि पनि चासोको विषय बनेको छ।

पछिल्लो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरसम्म पुगेको छ, जसले विश्वव्यापी ऊर्जा आपूर्तिप्रति चिन्ता बढाएको छ। फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्ध पाँचौँ महिनामा प्रवेश गर्न लाग्दा मध्यपूर्वमा हजारौँ मानिसको ज्यान गइसकेको आधिकारिक तथ्याङ्कले देखाएको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।इरानमाथिको आक्रमण दोस्रो दिन पनि रोकियो, वार्तालाई अवसर दिँदै ट्रम्प।

यसैबीच राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।