विजयपुर । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार सुनसरीको इटहरी–१ आँपगाछीबाट ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरिएको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ निवासी भई हाल इटहरी–५ बस्दै आएका दाहाललाई उच्च अदालत इलामले २०७९ असार ३० गतेको फैसलाबाट बैंकिङ कसुर मुद्दामा ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उक्त रकम भुक्तान नगरी उनी फरार रहेका थिए । प्रहरीले खोजतलासका क्रममा दाहाललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालत पठाएको जनाएको छ ।