इटहरी / २०५४ सालपछि हुँने भएको स्थानिय चुनावको मिती तोकिएपनि इटहरीका राजनितीक दलहरु तथा स्वतन्त्र उमेद्धवारहरुको उमेद्धारी भने तोकिएको छैन । पार्टीहरुले आफ्नो मेयर, उपमेयर र वडाध्यक्ष तथा सदस्यहरुको उमेद्धवारहरु को को हुन भनेर सावजनिक त गरेका छैनन । तर, पार्टी कार्यकर्ताहरुमा भने एकखाले चिया चर्चाले बजार तताएको छ ।

घर–घरमा चुनावी चर्चा, अगामी समिकरण र हारजितका आ–आफ्ना अड्कलबाजीहरु जारी छन । को को उमेद्धवार होलान भन्नेमा पनि यस्तै अडकल बाजिहरु नै छन । आधिकारीक उमेद्धवार घोषणा नहुन्जेलको अड्कलबाजी बुझ्दै विस्फोटनले यो साता इटहरीका प्रमुख पार्टीका कार्यकर्ताहरुमा प्रश्न गर्यो – तपाँइको पार्टीको मेयर, उपमेयर, वडाध्यक्ष अनि सदस्यहरु को को हुन? सबैले वडास्थरिय आँकलन लाँउन नसकेपनि नगरको मेयर र उपमेयरमा भने हरेक सहभागीले आ–आफ्ना अड्कलबाजी तथा चाहेका उमेद्धवारका बेलिविबस्तारहरु लाएका छन ।

यो संस्करणमा नाम लिइएका मेयर तथा उपमेयरहरुलाइ तपाँइ उठ्ने हो वा हैन सोधिएको छैन । मात्रै कार्यकर्ताहरुमा कसलार्इ आकांक्षी देख्नु भएको हो भन्ने प्रश्नको जवाफलार्इ सम्प्रेशण गरेको छ । बैशाख ३१ गते आँउन लगभग दुइ महिना हाराहारीको सयम भएपनि इटहरीका एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका दुइ दर्जन कार्यकर्ताहरुलार्इ चिया गफमा र टेलिफोन बार्तामा सोध्दा आएको उमेद्धवारको चर्चा यस्तो छ ।

एमालेमा चार मेयर र सात उपमेयर अधिकांश एमाले कार्यकर्ताले मेयरको नाम लिँदा दुइ व्याक्तिको नाम बारम्बार लिए । पुर्वमेयर सर्वध्वज साँवा र इटहरी खानेपानी संस्थाका पुरस्कृत अध्यक्ष रामप्रसाद चौलागार्इको चर्चा धेरै सहभागीले गरे । साँवा र चौलागार्इ पछि सर्वाधिक कार्यकर्ता पंक्तिले लिएको नाम थियो– द्धारिकलाल चौधरी । साँवाको मेयर किन भन्ने प्रश्नमा कार्यकर्ताहरु पुर्वमेयर र सिनीयर भएको तर्क गर्थे त चौलागार्इको सवालमा इटहरीको रैथाने एमाले नेता र पहिलेको मेयर चुनावमा पनि दावेदारी भएकोले स्वतः चान्स पाँउने कार्यकर्ताको तर्क थियो । चौधरीलार्इ भने इटहरी चाैधरी बाहुल्य नगर भएकोले चौधरीको मतको सम्मान गर्न तथा एमाले सुनसरीको अध्यक्ष भएकोले पनि चौधरी योग्य भएको कार्यकर्ताको राय थियो । साँवा, चौलागार्इ र चौधरी पनि केहि कार्यकर्ताले मेयरमा लिएको नाम हो यामकुमार सुब्बा । इटहरी एमालेका पुर्व अध्यक्ष सुब्बा पनि मेयर उठ्नसक्ने कार्यकर्ताको तर्क थियो ।

मेयरमा कुनै महिलाको नाम नलिएका सहभागीले उपमेयरमा भने महिलाको मात्रै नाम लिएका छन । नयाँ प्रावधानले एउटै पाटीकाे फरक लिंगकाले मात्रै स्थानिय निकायका मेयर र उपमेयरकाे उम्मेदवार बन्न पाँउने भएपछि पनि यस्तो भएको देखिएको छ । उपमेयरमा भने एमाले इटहरीमा धेरैको नाम जोडिएर आएको छ । एमाले नेतृ लक्ष्मि गौतम, अम्बिका चौधरी र अमृता सुब्बाको नाम धेरै कार्यकर्ताले लिए । गौतम एमाले सुनसरीको संगठन विभाग प्रमुख जस्तो सिनीयर नेता भएकोले उपमेयर हुनुपर्ने उनको नाम लिनेको तर्क थियो भने इटहरीका रैथाने आदिवासी चौधरीको प्रतिनिधित्वलार्इ अम्बिका चौधरी र आदिवासीको अनुहारको लागी अमृता सुब्बाको नाम धेरैले लिए । यस्तैगरि एमाले इटहरीका चिनिएका महिलना नेतृहरु रुक्मिणी कोइराला, इन्दु गौतम, मिथीला पोखरेल र कमला खड्काको नामहरु कार्यकर्ताबाट आएको छ । चार मेयर र सात उपमेयरको नाम आएको एमाले वृत्तमा अबको अन्तिम नामावलि छनौट निक्कै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

कांग्रेसमा तीन मेयर र दुर्इ उपमेयर नेपाली कांग्रेस इटहरीमा भने मेयरमा तीन जनाको नाम आएको छ । सर्वार्धिक कार्यकर्ताले नगर सभापती हेमकर्ण पौडेलको नाम लिए भने व्यापरीक पृष्ठभुमिका नेता रोहित प्रसार्इको नाम पनि कार्यकर्ताहरुले मेयरको उमेद्धारको लागी लिएका छन । पौडेलको नाम लिनेहरुले एमालेलार्इ टक्कर दिने सक्षम उमेद्धवार पौडेल मात्रै हुने बताएका छन भने प्रसाइको नाम लिनेहरुले प्रसाइ त्यागी नेता भएकोले उनको नाम लिएको बताए । केहि कार्यकर्ताले भने कांग्रेसको सुनसरी क्षेत्र नम्बर दुइका सभापती मणिराम श्रेष्ठको समेत नाम लिएका छन । इटहरी उपमहानगर अब इटहरीको मात्रै हैन तरहरा र साविकको हाँसपोसाको पनि मत समेट्नलाइ श्रेष्ठ योग्य भएको उनको नाम लिने कार्यकर्ताको तर्क थियो ।

उपमेयरमा भने कांग्रेस कार्यकर्ताले लिएका दुइ नाम हुन– विमला ढकाल र गीता श्रेष्ठ । वंशज कांग्रेसी भनिएका र सक्षम नेतृत्व भएकोेले ढकाल र गीता क्षेष्ठ योग्य भएको धेरैको मत थियो । तीन मेयर र दुइ उपमेयरको नाम कार्यकर्तामाझ आएको कांग्रेसको चुनावको अन्तिम नामावली पनि हेर्नलायक हुने देखिएको छ ।

माओवादी केन्द्रमा दुर्इ मेयर र तीन उपमेयर माओवादी केन्द्रका इटहरीका कार्यकर्ता तथा सुभेच्छुकहरुलाइ सोध्दा धेरैले मेयरको नाममा लिएको नाम हो – सागर सुवेदी । माओवादीका केन्द्रिय सदस्य रहेका सुवेदी इटहरी नगर चलाएको लामो अनुभव बोकेका उमेद्धार भएकोले उनी योग्य भएको धेरैको तर्क थियो । थुप्रै कार्यकर्ताले माओवादी केन्द्रका सुनसरीका चिनिएका नेताहरु शिव डाँगीको नाम पनि मेयरमा लिएका छन । एमाले पृष्ठभुमिका डाँगीको मध्यमार्गी स्वभावले एमालेको भोट काट्ने भएकोेले उनको नाम लिएको कार्यकर्ताको तर्क थियो ।

उपमेयरमा भने माओवादीका तीन प्रभावसाली नेतृको नाम कार्यकर्ताहरुले लिएका छन् । पुर्व सांसदकी उमेद्धवार समेत रहेकी माओवादी केन्द्रकी सुनसरी संयोजक राम कुमारी चौधरीको नाम लिएका कार्यकर्ताहरुले माओवादी नेतृ सपना परियारको नाम पनि लिएका छन । परियारको नाम लिनेले परियारले जनयुद्धमा सुनसरीका सबै क्षेत्रको सचिवको जिम्मेवारी पालना गरेको तथा सक्षम दलित भएकोले योग्य भनेका छन । उता चौधरीको नाम लिनेहरुले उनीको जनयुद्धको पृष्ठभुमीसँगै उनी चौधरी समुदायको राम्रो प्रतिनिधि भएकोले योग्य भएको बताएका छन । यस्तै सुनसरी माओवादी केन्द्रकी इन्चार्ज सरस्वती पोखरेलको नाम पनि केहि कार्यकर्ताहरुले लिएका छन । अग्रज भएकोले पोखरेलले उपमेयर पाँउनुपर्ने कार्यकर्ताहरुको तर्क थियो ।

राप्रपामा चर्चा मेयरको मात्रै इटहरीमा राप्रपाका प्रभावशाली नेता राम कुमार सुब्बा रहेकोले उनको प्रभाव निक्कै पर्ने धेरैको आँकलन छ । तर, राप्रपा कार्यकर्तालार्इ आफ्ना उपमेयरका नामहरु भने अड्कलबाजी गर्न समस्या भएको देखिएको छ । चौध जना कार्यकर्तालाइ सोध्दा कसैले पनि उपमेयरको नाम भन्न सकेनन । मेयरमा भने सबैजसोले लिएका नामहरु थिए– रामु पोखरेल, मधु रिमाल र रोहित कार्की । राप्रपा इटहरी अध्यक्ष पोखरेल र पोखरेल अगाडीका अध्यक्ष रिमाल पार्टीमा लामो काम गरेका तथा स्थानिय स्थरमा राम्रो भिजेकोले योग्य भएको सहभागी कार्यकर्ताको तर्क थियो । यस्तैगरि खनारमा ठुलो पकेट क्षेत्र भएका भन्दै केहि कार्यकर्ताले रोहित कार्कीको नाम पनि लिएका छन ।

२०६८ सालको जनगणना अनुसारको इटहरीको जातिय जनसंख्या हेरेर पार्टीहरुले आफ्ना उमेद्धारहरु खडा गरेमा सवैको प्रतिनिधित्व हुने जानकारहरु बताँउछन । ६८ सालको जनगणनाले इटहरीको जनसंख्या १ लाख ४० हाजर ५ सय १७ देखाँउछ ।

जसमा शिर्ष एघार जातिय जनसंख्या यस्तो छः १. थारुः २७२१० (१९.३६ प्रतिसत) २. क्षेत्रिः २४७६० (१७.६२ प्रतिसत) ३. ब्राम्मणः २३६०६ (१६.७९ प्रतिसत) ४. राईः १२३०५ (८.७५ प्रतिसत) ५. नेवारः ६५४१ (४.६५ प्रतिसत) ६. लिम्बूः ४७४३ (३.३७ प्रतिसत) ७. मियाँः ४५५२ (३.२३ प्रतिसत) ८. तामाङ्गः ४२१८ (३ प्रतिसत) ९. बाँतरः ४१५९ (२.९५ प्रतिसत) १०. कामीः २५१५ (१.७८ प्रतिसत) ११. सन्यासीः २४५१ (१.७४ प्रतिसत)

काे हाेला धरानकाे मेयर ?